+
+

रजश्वलाका बेला रगतका आँसु बगाउने महिला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते १५:१८

रजश्वलाका बेला महिलामा यौनांगबाट रक्तश्राव हुने त प्राकृतिक कुरा हो । तर भारतमा एकजना महिलामा चाहिँ रजश्वलाका बेला यौनांगबाट रक्तश्राव हुनेमात्र होइन कि रगतकै आँसु झर्दछन् ।

भारतको चण्डीगढकी २५ वर्षीया ती महिलालाई रजश्वलाका बेला आँखाबाट रगत निस्कने दुर्लभ समस्या छ । ती महिलाको स्वास्थ्य समस्याका विषयमा ब्रिटिस मेडिकल जर्नलमा सामग्री प्रकाशित भएको छ । जस अनुसार ती महिलाले ५ वर्षअघि आँखाबाट रगत निस्किएपछि डाक्टरसँग सम्पर्क गरेकी थिइन् ।

आँखाबाट रगत बग्ने समयमा उनलाई अरु कुनै दुखाई वा समस्या हुँदैनथ्यो । आँखाबाट रगत आउने त्यस्तो समस्या दुई पटक देखिएको थियो । तर डाक्टरहरुले कैयन् परीक्षणका बाबजुत पनि उनको समस्याको जरो पत्ता लगाउन सकेका थिएनन् ।

अन्ततः उक्त स्वास्थ्य समस्याका विषयमा गहन शोध नै गरियो र त्यसबाट मात्र पत्ता लाग्यो कि ती महिलामा रजश्वलाका बेलामा मात्र आँखाबाट रगत आउँदछ । अनुसन्धानबाट ती महिलामा अकुलर विकेरियस मेन्स्ट्रुएसन भन्ने दुर्लभ स्वास्थ्य समस्या रहेको पत्ता लाग्यो । यसलाई हेमोलेक्रिया वा ब्लडी टियर्स पनि भनिन्छ ।

यस प्रकारको स्वास्थ्य समस्याका कारण महिनावारीको बेला गर्भासयका अलावा ओठ, आँखा, फोक्सो, पेट तथा नाक लगायतका अन्य अंगबाट पनि रगत निस्किन्छ ।

-एजेन्सीको हयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?