Comments Add Comment

काठमाडौंमा होलीको उल्लास (फोटो फिचर)

१५ चैत, काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा (होली) आइतबार नेपालको पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको छ । मधेशका जिल्लामा भने भाेलि सोमबार मनाइनेछ ।

सरकारले होलीमा सार्वजनिक विदा पनि दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर होलीको खुशियाली साटासाट गर्ने धेरै छन् । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु छन् । यसमा युवाको संख्या उल्लेख्य छ ।

युवाहरु सेतो रङको टिसर्ट लगाएर अनुहारमा रातो, नीलो, पहेँलो, हरियोलगायतका रङ एक अर्कालाई लगाइदिने र खुशियाली साटासाट गर्ने गर्छन् ।

काठमाडौंको बसन्तपुर क्षेत्र होली मनाउनेहरु भेला हुने मुख्य क्षेत्र हो । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग होली मनाउन आग्रह गरेको थियो ।

तर सरकारी आग्रह र कोरोना महामारी फैलिने सम्भावनालाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरु होली खेल्न बसन्तपुर पुगेका छन् । यद्यपि बसन्तपुरमा होली खेल्नेको संख्या विगतका वर्षहरुमा भन्दा कम नै हो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment