+
+
Shares

पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १५ गते १७:४६

१५ चैत, वीरगञ्ज । होली पर्वको चहलपहल शुरू भइसक्दा आइतबार पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६ जनामा संक्रमण देखिएको हो ।

१९ जनाको थ्रोट स्वाब नमूना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २२ वर्षीय पुरुष, वडा नम्बर १० का ६० वर्षीय पुरुष, वडा नम्बर १३ का २५ वर्षीय पुरुष, वडा नम्बर १४ का २५ वर्षीय पुरुष र वडा नम्बर २५ का ६० वर्षीय पुरुष रहेका छन् ।

थपिएका संक्रमितहरुको सिटी भ्यालु २२.१ देखि ३१ सम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?