+
+

गुल्मीका किशोरीलाई आत्मरक्षा तालिम

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १२:३६

१६ चैत, गुल्मी । गुल्मीको रेसुङ्गा नगरमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले दुई सय किशोरीलाई आत्मारक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला जिल्लाको रेसुङ्गा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरीलाई तीन दिने आत्मारक्षा तालिम दिइएको हो ।

महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको नगरप्रमुख डिल्लीराज भुसालले बताए । उनले भने, ‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ । ‘

सुरुआती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्नेलगायतका गतिविधि प्रशिक्षण दिइएको थियो । आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुर्व्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको थियो । किशोरी विद्यार्थीहरूले तालीममा सिकेका ज्ञानको बारेमा छोटो-छोटो प्रस्तुति प्रदर्शन गरेका थिए ।

तालिममा नगरका १४ वटा वडाका माध्यामिक विद्यालयबाट तालीममा ७२ जना किशोरीको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?