Comments Add Comment

हलेसी मन्दिरमा सिसी क्यामेरा जडान

१६ चैत, खोटाङ । दर्शनार्थी तथा भक्तजनको भीड बढ्दै गएपछि खोटाङको त्रिधार्मिक धाम हलेसी मन्दिर आसपासका थप १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई सुरक्षित गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यले हलेसी गुफा, हलेसी मन्दिर परिसर तथा हलेसी बजार आसपासका १३ स्थानमा सिसी क्यामेरा जडान गरिएको हो ।

हलेसी मन्दिरको शान्ति सुरक्षाका लागि दुई वर्षअघि जडान गरिएका सात सिसी क्यामेरा प्रभावकारी देखिएपछि पुनःथप क्यामेरा जडान गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख ईवन राईले बताए ।

गुफाभित्रको महादेवथान, पर्वतीथान, बसाहाथान, मन्दिर प्रवेशद्वार, सूचना केन्द्र, रिठ्ठाबोटे, साल्पा बैंक चोक, हलेसी भिलेज होटल क्षेत्र, ट्राफिक चोक, ग्यारेज, डाँडाबजारलगायतका स्थानमा सिसी क्यामेरा जडान गरिएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै हलेसी मन्दिर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने लक्ष्यका साथ रु १५ लाख खर्चमा सिसी क्यामेरा जडान गरिएको नगरप्रमुख राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment