Comments Add Comment

युरेनियमको संवर्द्धन नरोक्ने इरानको अडान

१७ चैत, काठमाडौं । इरानले २० प्रतिशत शुद्ध युरेनियमको संवर्द्धन नरोक्ने अडान राखेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्ध नहट्दासम्म युरेनियम संवर्द्धनको काम नरोक्ने अडान इरानले राखेको हो ।

अमेरिकी सञ्चारमाध्यमले इरानलाई अमेरिकाले न्यूक्लियर सम्झौताको लागि वार्ता सुरु गर्न युरेनियम संवर्द्धन रोक्ने प्रस्ताव गर्न सक्ने बताएको अवस्थामा इरानले प्रतिबन्ध हट्नुपूर्व युरेनियम संवर्द्धनको काम नरोकिने बताएको हो ।

इरानका एक वरिष्ठ अधिकारीले स्थानीय टेलिभिजनमा बोल्दै सन् २०१५ मा भएको सम्झौतामा फर्किने समय बिस्तारै छोट्टिँदै गएको बताएका हुन् । इरानले अब हुने सम्झौतामा सन् २०१५ मा गरेको प्रतिबद्धता पनि घटाउने बताएको छ ।

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको न्युक्लियर सम्झौताबाट बाहिरिँदै प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । अमेरिकाले प्रतिबन्ध सुरु गरेसँगै इरानले पनि २० प्रतिशत शुद्ध युरेनियम संवर्द्धनको काम शुरु गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment