Comments Add Comment

‘स्किल विक २०२१’ सम्पन्न, नबिल स्किल हिरोबाट ४ जना सम्मानित

१७ चैत, काठमाडौं । स्किल विक २०२१, दोस्रो संस्करण सोल्टी क्राउन प्लाजामा सोमबार सम्पन्न भएको छ । उद्यमी, सरकारी कूटनीतिज्ञ र हन्ड्रेड प्लस इच्छुक उत्साहीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न सीपमुलक तालिमहरु लगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सीपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीसका साथ एकहप्ते कार्यक्रमको आयोजना गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिएर तिनै क्षेत्रबाट सीपमुलक रोजगारीका अवसर, बढ्दो सीपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सञ्चालन भएको थियो । यसवर्षको स्किल विक कार्यक्रमको नारा ‘सीपले सम्मान सीपको सम्मान’ भन्ने थियोे ।

कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि रहेका थिए ।

सोही कार्यक्रममा उक्त चार विधामा प्रेरणादायिक व्यक्तित्वहरुलाई नबिल स्किल हिरो अवार्ड २०२१ उपाधिबाट सम्मानित गरिएको थियो । स्किल विक र नबिल स्किल हिरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पिकरको रूपमा, शैक्षिक सुधारक र दूरदर्शी सोनम वांगचुकको उपस्थितिमा सञ्चालन गरिएको थियो । उनकै जीवनमा आधारित रहेर उनको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्षक रुपमा थ्री इडियड्स एक बलिवुड चलचित्रमा दर्शाइएको छ ।

पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नबिल स्किल हिरोको रूपमा सम्मानित गरिएको थियो । सम्मानित हुने प्रधानले कफी उद्योगका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मानित गरियो ।

उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढालाई सम्मान गरिएको थियो । चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहलगरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन ।

विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सहसंस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजीसँग जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासका लागि सम्मान गरिएको थियो ।

समापन समरोहलाई लक्षित गरेर सीईओ अनप्लग्ड २०२१ नामक भव्य कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा ब्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवं नवआगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सञ्चालन गरिएको थियो ।

सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल ‘वर्कफोर्स अपस्किल्लिङ तथा रिस्किल्लिङ’ शीर्षकमा आयोजित थियो । उक्त प्यानलमा मध्यमकर्ताका रुपमा ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिस ठाकुर रहेका थिए । प्यानेलमा वीरेन्द्र पाण्डेय, उपाध्यक्ष, नेपाली उद्योग परिसंघ, कैबिनेट श्रेष्ठ, प्रबन्धनिर्देशक, अग्नि इनकोरपोरेटेड प्रालि, लक्ष्मण न्यौपाने, अध्यक्ष, एमडी, सिद्धार्थ हस्पिल्यटिलीटी समूह, नोना डेप्रेज, राजदूत, नेपालका लागि यूरोपीयन संघका प्रतिनिधिमण्डल छलफलका लागि प्यानलिस्टका रूपमा उपस्थिति रहेका थिए ।

दोस्रो प्यानलमा छलफल शीर्षक ‘स्किल्स् फर पोस्ट पेनडेमिक वर्ल्ड’ छलफलले नेपालको सीप नीति, महामारीपछl भविष्यका सीपहरू विकास गर्न, रोजगार क्षमतामा सुधार गर्न, राम्रो कामलाई प्रोत्साहित गर्न, सिक्न र सामाजिकरण गर्न नयाँ प्रवृत्ति सम्बोधन गर्न आवश्यकतालाई प्रकाश पारेको थियो । प्यानलिस्टको रूपमा अस्था सखा, कार्यकारी निर्देशक, सखा समूह, सुदीप आचार्य, प्रबन्धनिर्देशक, डिस होम, सुमन घिमिरे,सहसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल सरकार र रवि फुँयाल, आईएनजी समूह थिए भने मध्यमकर्ताका रूपमा एपी १ एचडी टिभीका प्रमुख सम्पादक टीकाराम यात्रीले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि कार्यक्रम नबिल बैंकसँगको साझेदारिमा सञ्चालन भएको थियो । पावर्ड पाटनर सीजी पे, रणनीतिक साझेदारः भारतको दूतावास श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय, नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य महासंघ, पे टीभी पार्टनरका रुपमा डिस होम, पीआर पार्टनरः भि चित्र, सोल्टी क्राउन प्लाजा आतिथ्य पार्टनरका रूपमा, एयरलाइन्स पार्टनरका रूपमा टकीर्स एयरलाइन्स र नेपाल एयरलाइन्स, नेपाल आइस मनोरन्जन पार्टनरका रुपमा थिए । कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू, र इन्टर्नसीपहरू – लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि विभिन्न संस्थासँग सहकार्य गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment