Comments Add Comment

कुटाइ खाएको भिडियो भाइरल भएपछि अजयले दिए स्पष्टीकरण

बलिउड नायक अजय देवगणको नाममा एक भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । यो भिडियोमा दाबी गरिएअनुसार अजयको दिल्लीको एक पव बाहिर झगडा भएको थियो र सो झगडाका क्रममा मानिसहरुले उनलाई कुटेका थिए ।

सामाजिक संजालमा भिडियो भाइरल भएपछि अजयले स्पष्टीकरण दिएका छन् । उनले, सामाजिक संजालमा भिडियो शेयर गर्दै यसलाई झूटो भनेका छन् ।

अजयले लेखेका छन्–‘यस्तो लाग्दैछ कि, म जस्तै देखिने मानिस समस्यामा परेका छन् । मलाई यो भिडियोलाई लिएर थुप्रै फोन आइरहेको छ । म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको कुनै पनि विवादमा म समावेश छैन, ह्याप्पी होली ।’

अजयका प्रवक्ताले पनि भारतीय मिडियासँग कुरा गर्दै मिडियामा आएको खबरलाई झूटो भनेका छन् । उनले अजय मुम्बइमा चलचित्र ‘मैदान, मेडे र गंगुबाई काठियाबाडी’को छायांकनमा व्यस्त रहेको पनि उल्लेख गरेका छन् । अजय विगत १४ महिनादेखि दिल्ली नगएको पनि उनका प्रवक्ताले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment