Comments Add Comment

बेलायतले वयस्क नागरिकलाई खोप दिइसकेपछि मात्र अन्य मुलुकलाई दिने

१७ चैत, काठमाडौं । बेलायतका व्यापार मन्त्री क्वासी क्वार्टेङले अन्य मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै वयस्क नागरिकलाई लगाएपछि मात्र अन्य मुलुकलाई दिने विषयमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

अहिलेसम्म बेलायतमा तीन करोडभन्दा धेरै मानिसले कोरोना खोप पाइसकेका छन् । जुलाईको अन्तिमसम्ममा सबैलाई कोरोना खोप दिने लक्ष्य छ । स्काइन्युजसँगको कुराकानीमा क्वार्टेङले भने, ‘हाम्रो ध्यान बेलायती नागरिकलाई सुरक्षित राख्ने प्रयास गर्नुमा केन्द्रित हुनु जरुरी छ । हामी अन्य मुलुकसँग पनि सहकार्य गरिरहेका छौं तर हाम्रो मुख्य प्राथमिकता खोप पुर्‍याउनु नै हो ।’

क्वार्टेङले अहिले तत्काल आयरल्याण्डलाई पनि कुनै खोप दिने योजना नरहेको स्पष्ट पारेका हुन् । आयरल्याण्डले बेलायतबाट खोप पाउने अपेक्षा थियो । क्वार्टेङले युरोपेली संघ (ईयू)सँग पनि पर्याप्त मात्रामा खोप पाउनको लागि सहकार्य गरिरहेको बताए ।

विश्वभर कोरोना खोपको माग अत्यधिक देखिएको छ । तर, मागअनुसारको आपूर्ति हुन नसक्ने धेरै मुलुकमा कोरोना खोप अभाव देखिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment