+
+

ताप्लेजुङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु   

रासस रासस
२०७७ चैत १७ गते १४:४७

१७ चैत, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिपर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु भएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको टिपर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो ।

दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए । उनीहरुको झापामा उपचार भइरहेको छ ।

फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो । मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुछ्रे इन्जिनियरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए ।

मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ । टिपर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?