Comments Add Comment

बालयौन दुराचारको आरोपमा पोखराबाट अमेरिकी नागरिक पक्राउ

१८ चैत, काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको पीडित बालक तथा अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको, अमेरिकामा रहँदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत सम्पर्क गर्ने गरेको र २०२१ मार्च २१ मा नेपाल आइ बालयौन दुराचारको मनसाय राखेर पोखरा गएको देखिएको प्रहरीको भनाइ छ ।

उनको साथबाट ४ हजार ६ सय अमेरिकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राईभ र १ थान अमेरिकी राहदानीसमेत बरामद गरेको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment