Comments Add Comment

नक्कली खेल संघहरु खारेज हुन्छ : सदस्यसचिव सिलवाल

१८ चैत, काठमाडौं । राष्ट्रिय खेलकुल परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले नक्कली खेल संघलाई अब खारेज गर्ने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार आयोजना गरेको एनएसजेएफ एकेडेमी उद्घाटन कार्यक्रममा उनले काम नगर्ने र अधिवेशन नगर्ने खेल संघलाई खारेज गर्ने बताएका हुन् ।

‘नक्कली र चुनाव नभएको संघ अब खारेज हुन्छ’ सिलवालले भने, ‘संघले पारदर्शिता देखाउनुपर्छ । आम्दानी खर्च देखाउनुपर्छ । सिस्टममा चल्नुपर्छ ।’

सिलवालले खेलाडी र प्रशिक्षक उत्पादन नगर्ने खेल संघ आवश्यक नभएको बताए । ‘राम्रो कार्यक्रम ल्याउने संघलाई स्यालुट गर्छु म । तर खेलाडी, प्रशिक्षक, अफिसियल उत्पादन नगर्ने, विदेश जान स्थापना हुने संघ बाँच्नुभन्दा मरेकै ठीक छ’ उनले भने ।

कतिपय खेल संघले साधारणसभा र वार्षिक आयव्यय विवरण लेखा परीक्षण नगरेकामा पनि सिलवालले आपत्ति जनाए । ‘पुस मसान्तमा अडिट बुझाउनुपर्ने, चैत भइसक्यो’ उनले भने । नेपालमा दुई सयको हाराहारीमा खेल संघहरु रहेपनि करिब ५० वटा सक्रिय छ ।

सदस्य सचिव सिलवालले एनएसजेएफले एकेडेमी स्थापना गरेर राम्रो काम गरेको र यसमा राखेपले सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment