+
+
Shares

पर्साबाट साढे २६ केजी लागूऔषध गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १३:२१

१८ चैत, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले २६ किलो ५ सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । बुधबार अपरान्ह पटेर्वासुगौली–२ अखवा टोल बस्ने रामेश्वर पञ्जियारको घरबाट गाँजा बरामद गरेको भएको हो ।

पञ्जियारको घरबाट जुटको बोराभित्र दुईवटा हरियो प्लाष्टिकको डब्बामा राखिएको गाँजा २६ किलो ५ सय ग्राम, गाँजा च्याप्ने मेसिन १ थान, २ सय ग्राम, १ सय ग्रामको र ५० ग्रामको ढक १/१ थान र तराजु १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

पंजियार फरार रहेकाले उनको खोजी भइरहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?