+
+

निलम्बनबारे भुसालको प्रतिक्रिया : ओलीले गरेको बर्बादीका लागि दुनियाँसँग माफी माग्छु

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १४:५१

१९ चैत, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने बनाएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ओलीले बिहीबार मात्र भुसालसँगै सुरेन्द्र पाण्डेलाई पार्टीे सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसतर्फ संकेत गर्दै भुसालले ओलीबारे सामाजिक सञ्जाल फेसबुकमा लेखका छन्, ‘‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो ।’

‘एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु’ भुसालले भनेका छन् ।

ओलीले पार्टीको गौरवको चीरहरण गरिरहेको भन्दै त्यसको सामना गर्ने उनले बताए ।

‘यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं’ उनले लेखेका छन्, ‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?