
१९ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित अरेन्ज शहरमा अन्धाधुन्ध गोली चल्दा चारजनाको मृत्यु भएको छ ।
शहरको एक कार्यालय भवनमा उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा एक बालक पनि छन् । यो घटनामा आरोपीसहित थप दुईजना घाइते भएको प्रहरीले बताएको छ ।
योसँगै अमेरिकामा एक महिनाभित्र भएको यो तेस्रो गोली आक्रमण हो । बिहीबारको अन्धाधुन्ध गोली आक्रमणको उद्देश्य भने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपी नियन्त्रणमा आइसकेकाले अब कुनै जोखिम नरहेको बताएको छ ।
गत मार्च १६ मा अमेरिकाको जर्जियामा भएको अन्धाधुन्ध गोली आक्रमणमा परी आठजनाको मृत्यु भएको थियो । यस्तै मार्च २२ मा कोलोराडोमा पनि अन्धाधुन्ध गोली आक्रमण हुँदा १० जना मारिएका थिए ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4