
१९ चैत, काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–८ का २३ वर्षीय अमित भुजेललाई माछापोखरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भुजेलले सर्टटर्म भिसामा २÷२ वर्ष कामको लागि १०५ दिनभित्र अष्ट्रेलिया पठाइदिन्छु भनी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने २१ वर्षीय एरिक न्यौपाने र २५ वर्षीय निर्देश खड्काबाट ९ लाख रुपैयाँ लिएर ठगी गरेको जाहेरी पीडितले दिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका भुजेललाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4