+
+
Shares

नबिल बैंकलाई आन्तरिक राजश्व विभागले गर्‍यो सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १८:३६

१९ चैत, काठमाडौं । आन्तरिक राजस्व विभागले नबिल बैंकलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई विभागले सम्मान गरेको हो । बैंकले सरकारलाई एक अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिड–१९ को भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्‍याएकोमा गर्व महसुस गरेको बैंकले जनाएको छ ।

व्यापार प्रबर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको बैंकले जनाएको छ । नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको बैंकले जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको जनाएको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले राज्य र आफ्ना लगानीकर्तालाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बै‌कले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?