+
+
Shares

सिसडोलबासी र काठमाडौं महानगरबीच सहमति हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १९ गते १८:५०

१९ चैत, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध तत्काल नहट्ने भएको छ ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि फोहोर विसर्जनका लागि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले गरेको अवरोध तत्काल नहट्ने भएको हो ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो । बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बिरामी परेको भन्दै बीचमै उठेर हिँडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको सिसडोल क्षेत्र फोहोर मैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताए ।

मेयर शाक्यकै कारण आफूहरुका कुनैपनि माग पूरा हुने स्थितिमा नरहेको र आफूहरु वार्तामा बस्दा अपमानित भएको महसुस गरेको उनको आरोप छ । उनले महानगरले हेपाहा प्रवृत्ति देखाएकाले फोहोर विसर्जनका लागि सडक बन्द गर्ने निष्कर्षमा पुगेको बताए ।

सिसडोलबासीले अव्यवस्थित फोहोर विसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकूल असर परेकोले यसअघिका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्र्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने काम चैत १३ गतेदेखि पूर्णरुपमा बन्द छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?