Comments Add Comment

हुलाकी सडक बनाउन रोकेको भन्दै ठोरीमा आन्दोलन र तालाबन्दी

१९ चैत, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले हुलाकी सडक निर्माण गर्न अवरोध गरेको भन्दै पर्साको ठोरीका वासिन्दाले निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति र सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निकुञ्ज प्रशासनले सडक निर्माण गर्न रोक लगाउँदा ठेकेदारले सडक अलपत्र पारेर हिँडेको भन्दै उनीहरुले निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिको कार्यालय र वनशक्ति सामुदायिक वन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

ठोरी गाउँपालिका–२ स्थित मध्यवर्ती उपभोक्ता समितिको कार्यालय अगाडि भेला भएका स्थानीयले चितवन राष्ट्रिय निकुञ्जविरुद्ध नाराबाजी पनि गरे ।

स्थानीय वासिन्दाले सडक निर्माणका लागि वातावरण बनाउन चितवन राष्ट्रिय निकुञ्जमा पहल गर्न मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरुसँग आग्रह गरेका थिए ।

स्थानीयको भेलाले सडक निर्माणका लागि दबाव दिन भन्दै स्थानीय जगेन्द्र पौडेलको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरेका छन् । सडक निर्माणलाई निरन्तरता दिन माग गर्दै शुक्रबार गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाइने पौडेलले बताए ।

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सडक निर्माण गर्न नदिएका कारण ठोरीमा हुलाकी सडकको करिब ७ किलोमिटर निर्माण सम्पन्न हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment