
२० चैत, काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि प्रदर्शन भएको छ ।
प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा शुक्रबार बिहान यूएनको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर, नागरिक शासन बहाली गर, शासकलाई अन्तर्राष्ट्रिय अदालतमा हाजिर गर लगायतका नारा लेखिएको व्याना र तथा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
तस्वीरहरु : चन्द्रबहादु आले/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4