
२० चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन अगष्ट महिनाभित्र गर्न आयोजक मुलुक श्रीलंकाले प्रस्ताव गरेको छ ।
बिहीबार भएको परराष्ट्रमन्त्रीहरुको बैठकमा श्रीलंकाले सो प्रस्ताव गरेको समाचार स्रोतले बतायो । अगष्ट महिनाभित्र गर्नेमा सबै मुलुक सहमत भएपनि मिति भने आपसी परामर्शको आधारमा तय गरिने बताइएको छ ।
कोरोनाको महामारी कम भएमा भौतिक रुपमा नै गरिने र नियन्त्रणमा नआएमा भर्चुअल माध्यममार्फत भएपनि गर्ने विषयमा छलफल अगाडि बढेको समाचार स्रोतको दावी छ ।
अब हुने शिखर सम्मेलनले बिमस्टेकको बडापत्रलाई अनुमोदन गर्ने सहमति परराष्ट्रमन्त्रीहरुको बीचमा सहमति भएको छ । स्थापना भएको २४ बर्षपछि बिमस्टेकले बडापत्र तयार पारेको छ । यसबाहेक अन्य तीन विषयमा हस्ताक्षरको सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4