Comments Add Comment

भ्वाइस अफ नेपालको सेटमा किन रोए राजु लामा ?

यतिबेला धुमधामसाथ ‘दि भ्वाइस अफ नेपाल’को माहौल तातिएको छ । देशको कुना-कन्दरा मात्र होइन, सीमापारमा समेत रहेका नेपाली गायन प्रतिभा खोज्ने लोकप्रिय रियलिटी शो हो यो । भ्वाइस अफ नेपालको सिजन ३ सुरु भइसकेको छ ।

गायनमा भविष्य खोज्नेहरु अहिले यही प्लेटफर्ममार्फत आफ्नो कला प्रस्तुत गर्दैछन् । हिमालयन टेलिभिजन एचडीबाट प्रसारण भइरहेको यो रियलिटी शोको अहिले ब्लाइन्ड अडिसन चलिरहेको छ । ब्लाइन्ड अडिसनको पाँचौ दिनमा कोच राजु लामा रोए । उनी किन रोए ? धेरैले सोधीखोजी गरेका छन् ।

एक जनाले यस्तो प्रतिक्रिया लेखेका छन्, ‘हँसिलो राजु लामा रुँदा यो मन रुने नै भयो ।’ आखिर किन रोए त राजु लामा ?

राजु लामाले आफुलाई सम्हाल्न सकेका छैनन् । उनी स्वभाविक बन्ने प्रयास गर्छन्, तर गहभरी छचल्किएको आँशु लुकाउन सकेका छैनन् । उनी रोएको देखेर बाँकी कोचहरु पनि भावुक बन्छन् ।

खासमा राजुले नै अर्का कोच बरिष्ठ गायक दीप श्रेष्ठलाई गीत सुनाउन अनुरोध गर्छन् । दीपले आफ्ना पुराना गीतमा  भाका हाल्छन्,-

‘झिरमा उनीनु त्यो एउटा कुरा
पिरमा उनीनु त्यो एउटा कुरा
नभिज्ने आँखा कसको छ र ?
तर, झर्नु नझर्नु त्यो अर्को कुरा ।’

गीत सुन्दा सुन्दै राजु लामाले आफुलाई थाम्न सक्दैनन् । दीप श्रेष्ठतर्फ फर्किएर भन्छन्, ‘दाई, मलाई रुवाउनुभयो ।’

भ्वाइस अफ नेपालको यस सिजनमा तीन जना पुरानै कोच छन्, राजु लामा, दीप श्रेष्ठ, प्रमोद खरेल । यसपाली तिर्सना गुरुङ पनि कोचको कुर्सीमा छिन् । यसका निर्देशक तथा प्राजेक्ट हेड लक्ष्मण पौडेल हुन् भने कार्यकारी निर्माता र होस्ट, सुशिल नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment