
२२ चैत, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी जानकी देवी रामले आइतबार शपथ लिएकी छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि नेकपा एमालेले उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्राचार गरेको थियो । एमालेको पत्राचारपछि आयोगले उनलाई सांसद निर्वाचित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4