Comments Add Comment

खुल्ला मगर एकल अनलाइन नृत्य प्रतियोगिता

काठमाडौं । अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाईन नृत्य प्रतियोगिताको उपाधी ६ वर्षीय स्टेसी आले मगरले हात पारेकी छिन् ।  ७चैतबाट सुरु भएको प्रतियोगितामा गोर्खा घर भई हाल चितवन बस्दै आएकी स्टेसीले उपाधी जितेकी हुन्।

बुबा कुश आले मगर र आमा तुल्सी थापाको सन्तानका रुपमा जन्मिएकी स्टेसीको अभिनयसहितको नृत्यले दर्शकको मन जितेको हो ।

मगर परिवार नेपाल (एमपीएन) ले आयोजना गरेको प्रतियागितामा भोजपुरकी कृषा राना मगर द्वितीय,  बाग्लुङकी शिवानी थापा मगर तृतीय र  म्याग्दीकी शिक्षा गर्बुजा मगरले सान्त्वना पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा ४९ जना प्रतियोगि सहभागी भएको आयोजनकले जनाएको छ । ४० अंक फेसबुक लाईक र ६० अंक निर्णायकहरूको मुल्यांकनबाट प्रतियोगिहरुलाई दिइएको थियो ।  फेसबुक र जुम लाईभबाट नतिजा सार्वजनिक गरिएको हो ।

‘मगरहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने उद्देश्यले मगर परिवार नेपालले एकल मगर अनलाईन नृत्य प्रतियोगिताआयोजना गरेको थियो ।

२०७७ साल १० फागुनमा सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपालले संस्थाको विधानअनुसार  सामाजिक काम गर्दै आएको संस्थाका अध्यक्ष प्रनिश आले मगरले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख नगद र सम्मानपत्र, दोस्रो हुनेलाई ५० हजार र सम्मानपत्र, तृतीय हुनेलाई ३० हजार र सम्मानपत्र तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई  २० हजार र सम्मानपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment