Comments Add Comment

सामसङ नेपालको ‘सुरुवात नयाँ उत्साह’ योजना

सामसङ नेपालले ‘सुरुवात नयाँ उत्साह’को योजना सार्वजनिक गरेको छ । सामसङले नयाँ वर्ष २०७८ सालको अवसरमा यो योजना सार्वजनिक गरेको हो । नयाँ वर्षको अवसरमा प्रदान गरिएको यो योजनामा ग्राहकले टिभि, रेफ्रिजेनेरेटर तथा वासिङ्ग मेसिनको खरिदमा ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत कम्पनीले वासिङ्ग मेसिन नेपाली बजारमा छिट्टै प्रस्तुत गर्ने जनाएको छ । सामसङले आफ्नो टिभिहरु दुई वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्टी तथा थप १ वर्ष प्यानलमा) वारेन्टी रहेको जनाएको छ । त्यसैगरी विभिन्न रेफ्रिजेरेटर तथा वासिङ्ग मेसिनमा १० वर्ष वारेन्टी रहेको जनाइएको छ ।

यस अवसरमा कम्पनीले निश्चित प्रोडक्टहरुको खरिदमा निःशुल्क जडान सुविधा पनि प्रदान गरेको छ । नयाँ वर्ष योजना चैत्र १९ गतेदेखि ११ जेठ, २०७८ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

योजना नेपालभर रहेका सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापारको डिलर नेटवर्कमा मात्र लागु गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment