Comments Add Comment

एलजीले मोबाइल फाेन युनिट बन्द गर्ने

२३ चैत, काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजीले आफ्नो मोबाइल फोन युनिट बन्द गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै कम्पनीले निरन्तर नोक्सानीमा रहेको व्यवसाय बन्द गर्ने जनाएको छ । यो निर्णयलाई कम्पनीको निर्देशन बोर्डले पनि अनुमति दिइसकेको छ ।

कम्पनीले मोबाइल व्यवसायबाट बाहिरिनु महत्वपूर्ण रणनीतिक निर्णय भएको बताएको छ । अब कम्पनीले आफ्नो ध्यान विद्युतीय कारको पार्टपूर्जा निर्माण, कनेक्टेड डिभाइस निर्माण, रोबोट, स्मार्ट होम सोलुसन्स र एआईमा केन्द्रित गर्नेछ ।

एलजीले आफ्ना ग्राहकलाई दिँदै आएको सेवा भने जारी राख्नेछ । साथै उनीहरुलाई आवश्यक पर्ने सफ्टवेयर अपडेट पनि दिनेछ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार एलजीले आफ्नो मोबाइल युनिटको लागि खरिदकर्ता नपाएसँगै यो युनिट बेच्ने निर्णय गरेको हो ।

कम्पनीले मोबाइल व्यवसायबाट पाएको अनुभवको आधारमा आगामी दिनमा ६ जी जस्ता नयाँ प्रविधिमा काम गर्ने बताएको छ । आगामी जुलाई ३१ सम्ममा पूर्ण रुपमा कम्पनीले आफ्नो मोबाइलको व्यवसाय बन्द गर्ने कम्पनीको योजना छ । यद्यपि त्यसको केही समयसम्म कम्पनीका फोन बजारमा उपलब्ध हुनेछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment