Comments Add Comment

ग्लोबल आईएमईको डिबेन्चरमा लगानीकर्ताको आकर्षण

२३ चैत, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले जारी गरेको डिबेन्चरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकले गत चैत १ गते ‘ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेको थियो ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋण पत्र निष्काशन गरेको थियो । ऋण पत्र निष्काशन तथा बिक्री चैत्र १६ गतेसम्मका लागि तोकिएको थियो ।

बैंकद्धारा जारी गरिएको ऋण पत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत व्याज दर रहेको छ भने अर्धवार्षिकरुपमा व्याज भुक्तानी हुनेछ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको थियो । यसका साथै लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवं तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment