+
+
Shares

राजनीतिक खिचातानीले देशलाई नै लज्जित बनायो : रविन्द्र मिश्र

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २३ गते १७:४५

२३ चैत, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्लो समय विकसित राजनीतिक खिचातानीले देशलाई नै लज्जित बनाएको टिप्पणी गरेका छन् ।

सोमबार विवेकशील साझा पार्टीको सञ्चार तथा सूचना प्रविधि विभागको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले अहिलेको राजनीतिक परिघटनाले देशलाई नै लज्जित बनाएको टिप्पणी गरे ।

अहिले भइरहेको गतिविधि देशको स्वाभिमानको हित विपरित भएको उनको भनाइ छ । ‘अहिलेको स्थितिमा पनि राजनीति जुन किसिमबाट अगाडि बढिरहेको छ, त्यो अत्यन्त निन्दनीय र लज्जास्पद छ । यो देशको स्वाभिमानको हित विपरित छ । यो राष्ट्रहित विपरित छ,’ उनले भने ।

मिश्रले संविधानले तय गरे अनुरुप सुसंस्कृत रुपमा देशको सरकार परिवर्तन हुनुपर्छ भन्नेमा आफ्नो पार्टी दृढ रहेको पनि बताए । तर अहिलेका गतिविधि संविधान विपरित रहेको उनको भनाइ छ । संविधानको सम्मान गर्न उनले दलहरुलाई आग्रहसमेत गरे ।

‘७० वर्षदेखि नेपालको राजनीतिमा निरन्तर देखिएको समस्या भनेको भ्रष्ट्राचार हो, असक्षमता हो, सुशासनको अभाव हो, दूरदर्शिताको अभाव हो,’ उनले भने, ‘यो नेपाली राजनीतिको बिडम्बना हो । नेपाल जस्तो देशमा यति लामो अवधिसम्म राजनीति बदलिनु, बारम्बार बदलिनु, २० वर्षमा २० सरकार बदलिनु तर आमनेपालीको अवस्था नबदलिनु सबैभन्दा दुःखद पक्ष हो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?