Comments Add Comment

बलिउड खलनायकका सुन्दर छोरीहरु, जो चर्चामा छैनन्

डेनी डेन्जोङ्पाको बलिउडमा बेग्लै ख्याती छ । खासगरी ९० को दशकमा डेनीले बलिउडमा आफ्नो प्रभुत्व जमाइरहे । सिक्किमको थातथलोबाट उठेको डेनीले भारतको चौथो सर्वोच्व सम्मान पद्याश्री सम्मान पाएका छन् । उनै डेनीले बलिउडमा भयानक छवी बनाए, खलनायकको रुपमा । अधिकांश चलचित्रमा उनी खलपात्रको रुपमा उभिए र दर्शकमा त्रासदी पैदा गरिरहे ।

तर, यहाँ प्रसंग डेनीको होइन । डेनी जस्तै ति खलपात्रकी छोरीहरुको हो, जो आकर्षक छन् तर खासै चर्चामा छैनन् । अपवाद हुन्, श्रद्धा कपूर । श्रद्धा भने अहिले लाइमलाइटमा छिन् । शक्ति कपूरीकी छोरी श्रद्धा पछिल्लो समय बलिउडमा जमेकी छिन् ।

अब फेरी चर्चा गरौं, डेनीकै । डरलाग्दो खलनायकको रुपमा देखिने डेनीका एक छोरी र छोरा छन् । छोरीको नाम हो, पेमा । पेमाले एनिमेशनमा बिए अनर्सको डिग्री गरेकी छिन् । यसका साथै उनी लन्डन कलेज अफ कम्युनिकेसनमा पढिरहेकी छिन् ।

बलिउडका चर्चित खलनायक रञ्जितले करिब २ सय फिल्ममा काम गरिसकेका छन् । उनकी छोरीको नाम हो, दिव्यंका । दिव्यंका पेशाले फेशन र ज्वेलरी डिजाइनर हुनु ।

अमरीश पुरी भन्नसाथ गहकिलो गर्जनका साथ आक्रमक रुपमा पेश हुने खलनायक हाम्रो स्मृतिमा देखापर्छ । अमरीश पुरी अहिले जीवित छैनन् । यद्यपी बलिउड फिल्ममा उनको गर्जन भने अझै मत्थर भएको छैन । अमरीशकी एक छोरी छिन्, नम्रता । नम्रता फिल्मी क्षेत्रभन्दा निकै टाढा छिन् । उनी सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गर्दैछिन् ।

फिल्म शोलेका चर्चित खलनायक ‘गब्बर सिंह’ अर्थात अमजद खानका एक छोरी र दुई छोरा छन् । छोरी अहलामले थिएटर एक्टर जफर कराचीवालासँग बिहे गरेकी थिइन्, २०११ मा । अहलाम स्वं थिएटर पृष्टभूमीकी हुन् । उनले केहि नाटकमा काम गरेकी छिन् ।

आफ्ना जमनाका चर्चित खलनायक प्रेम चोपडाका तीन छोरी छन्, रकिता, पुनीता र प्रेरणा । रकिताले राहुल नन्दसँग बिहे गरिन् । जबकी अर्की छोरी पुनीता अभिनेता विकास भल्लासँग दाम्पत्य सुख भोगिरहेकी छिन् । तेस्रो छोरी प्रेरणा अभिनेता शरमन जोशीसँग बैवाहिक जीवन विताइरहेकी छिन् ।

शक्ति कपुरकी छोरी श्रद्धा त बलिउडमा चम्किएकी छिन् । श्रद्धाले २०१० मा फिल्म ‘तीन पत्ती’ बाट करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले आशिकी–२, एक भिलेन, एबीसीडी– २, रक अन–२, हाफ गर्लफ्रेन्ड र हसीना पारकर जस्तो फिल्ममा काम गरेकी छिन् ।

नसीरुद्दीन शाहले केहि फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् । उनकी छोरीको नाम हो, हीबा । हीबा नसीरुद्दीनकी पहिलो पत्नीतर्फकी छोरी हुन् । हीबा स्टेज एक्ट्रेस हुन् ।

कुलभू्षण खरबन्दले केहि हिन्दी र पञ्जाबी फिल्ममा काम गरे । उनकी एक छोरी छिन्, श्रृति । छोरी श्रृति फिल्मी क्षेत्रमा छैनन् । उनी ज्वेलरी डिजाइनर हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment