+
+

‘पल पल’मा भूवन, तारा र शिशिर

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २४ गते १२:२१

गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा एक गीतको भिडियो सार्वजनिक गरेकी छिन् । ‘पल पल’ बोलको गतिमा ताराको शब्द, गैरे सुरेशको संगीत र प्रताप दासको स्वर छ । यो गीतको भिडियोमा तारासँगै नायिका भूवन चन्द र कलाकार शिशिर भण्डारीले अभिनय गरेका छन् ।

शिव ढकालको छायांकन रहेको भिडियोमा नहकुल खड्काको सम्पादन, सत्यम रानाको भीएफएक्स छ । चन्द्र विनायक फिल्म प्रोडक्शनले यो भिडियो निर्माण गरेको हो । आफूले राम्रा गीतहरुमा मिहिनेत गर्ने उद्देशयले यो भिडियो तयार पारेको ताराले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?