
२४ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्दैगएपछि नयाँ दिल्ली सरकारले राति १० बजेदेखि कर्फ्यू लगाउने भएको छ। दिल्ली सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दिल्ली सरकारका अनुसार कर्फ्यू ३० अप्रिलसम्म लागू हुनेछ । सोमबार मात्रै दिल्लीमा ३ हजार ५ सय ४८ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै दिल्लीमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७९ हजार ९६२ पुगेको छ । दिल्लीमा हाल १४ हजार ५८९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
Night curfew imposed in Delhi from 10 pm to 5 am with immediate effect till 30th April, in the wake of #COVID19 situation: Delhi Government pic.twitter.com/V3WufATG77
— ANI (@ANI) April 6, 2021
यसअघि दिल्ली सरकारले कोरोना भ्याक्सिनेशनका लागि सरकारी अस्पताल २४सै घण्टा खुल्ला राख्ने निर्णय गरेको थियो।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भनेका थिए, ‘जति मानिसलाई कोरोना भ्याक्सिन लगाउनेछ, कोरोना संक्रमण फैलिने रफ्तार त्यति नै कम हुन्छ।’ तर त्यसको ठीक उल्टो संक्रमण फैलिन थालेपछि दिल्लीमा कर्फ्यू लागू गरिएको हो । मुख्यमन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भ्याक्सिन लगाउने उमेरको सीमालाई हटाउन एक पत्रमार्फत अपिल समेत गरेका थिए ।
प्रतिक्रिया 4