+

पुलिसलाई सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमण्ड शीर्ष स्थानमा

२०७७ चैत  २४ गते १३:०९ २०७७ चैत २४ गते १३:०९
पुलिसलाई सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमण्ड शीर्ष स्थानमा

२४ चैत, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लबले आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा स्तब्ध पार्दै न्यू डायमण्डले तेस्रो जित हात पारेको हो ।

न्यू डायमण्डले पुलिसलाई २५–२२, २५–२२, २५–१६ को सेटमा  हराएको हो । लिगमा पुलिसको यो पहिलो हार हो र उसको तीन खेलको अपराजित यात्रा समेत टुंगिएको छ ।

यो जितपछि न्यू डायमण्डले चार खेलबाट एपीएफ समान १० अंक जोडेको छ । मंगलबारै भएको पहिलो खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद क्बललाई सोझो सेटमा पराजित गर्दै चार खेलबाट १० अंक जोडेको छ ।

न्यू डायमण्डसँग पराजित भएको पुलिस र त्रिभुवन आर्मी क्लबको समान ८ अंक छ ।

लिगमा अब महिलातर्फ दुई खेल हुन बाँकी छ । बुधबार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । जसमा आर्मी र पुलिस तथा एपीएफ र न्यू डायमण्डबीच खेल हुनेछ ।

महिलातर्फ ६ टोली सहभागी भएकोमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

एनभीए क्लब लिग भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय