Comments Add Comment

निकालियो सबैभन्दा लामो दूधे दाँत

क्यानडामा एकजना १० वर्षे बालकले संसारकै सबैभन्दा लामो दूधे दाँतको विश्व कीर्तिमान कायम गरेका छन् । ल्यूक बोल्टन नामका ती बालकको २.६ सेन्टिमिटर लामो दुधे दाँत निकालिएको हो ।

क्रिस म्याक आर्थर नामका डाक्टरले सन् २०१९ मा उक्त दाँत निकालिदिएका थिए । त्यतिबेला बोल्टन ८ वर्षका थिए । गिनिज बुकमा नाम दर्ज गराउने प्रयोजनका लागि उनको उक्त दाँत सुरक्षित राखिएको थियो ।

अन्ततः गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनलाई विश्वकै लामो दुधे दाँतको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।

बोल्टनभन्दा अगाडि यो कीर्तिमान अमेरिकाको ओहियोका कुर्टिस ब्याड्डी नामका १० वर्षीय बालकको नाउँमा थियो । उनको निकालिएको दाँत २.४ सेन्टिमिटर रहेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment