Comments Add Comment

‘हिमानी’ पोष्टपोन्ड गर्दै ‘विवेक’ बनाउने तयारीमा माधव

निर्माता माधव वाग्ले चलचित्र निर्देशनका लागि कस्सिएका छन् । उनले, चलचित्र ‘पारस’ बनाउने घोषणा गरे । तर, यो चलचित्रको सम्पूर्ण अधिकार दि सुपर काजोल फिल्मस्लाई दिएर उनले यो चलचित्रबाट हात झिकिसकेका छन् । उनै, माधवले चलचित्र ‘हिमानी’ बनाउने घोषणा गरे । यो चलचित्रको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार गर्दैगर्दा उनले ‘विवेक’ नामक चलचित्र बनाउने घोषणा गरेका छन् ।

यो चलचित्रमा नायक विपिन कार्की शिर्ष भूमिकामा देखिदैछन् । नायिकाको रुपमा स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको माधवले अनलाइनखबरसँग बताएका छन् । माधवले अन्य केही कलाकार अडिसनबाट तय गर्ने पनि बताएका छन् । मधेसी चरित्रका लागि चैत्र २८ गते प्रदेश नम्बर २ मा अडिसन गर्ने माधवको तयारी छ ।

उनले, तराई क्षेत्रको कथा भएकाले पनि कलाकार पनि २ नम्बर प्रदेशबाट नै खोज्न लागेको बताएका छन् । छायांकन पनि तराइको विभिन्न क्षेत्रमा हुने माधवको भनाई छ । जेठबाट चलचित्रको छायांकन सुरु गर्ने योजनामा वाग्ले छन् । यो चलचित्रलाई नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण गर्ने निर्माणपक्षले बताएको छ । यो चलचित्रको कथा लोकनाथ कोइरालाले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment