Comments Add Comment

ब्राजिलमा काेराेना संक्रमणबाट एकैदिन चार हजारको मृत्यु

२५ चैत, काठमाडौं । ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार एकैदिन चार हजार १९५ संक्रमितको मृत्यु भएको हो ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को कारण संक्रमण उल्लेख्य संख्यामा बढेको बताइएको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले निरन्तर सामाजिक गतिविधिमा प्रतिबन्धको नियमको विरोध गर्दै आएका छन् । उनी कोरोनाबाट बच्न मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न नसकिने अडानमा छन् ।

ब्राजिलमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड ३० लाख नाघेको छ । गत मार्च महिनामा मात्र ब्राजिलमा कोरोनाको कारण ६६ हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोना संक्रमण बढ्नुको असर अहिले ब्राजिलका अस्पतालहरुमा पनि देखिएको छ । ब्राजिलका अस्पतालका करिब ९० प्रतिशत आईसीयू भरिइसकेका छन् ।

यस्तै केही राज्यमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । अवस्था बिग्रँदो भएपनि ब्राजिलका केही राज्य तथा शहरले सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटाइरहेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment