+
+

गोसाइँकुण्डको धार्मिक मार्गमा खानाको मूल्यदर कायम

रासस रासस
२०७७ चैत २५ गते १२:३५

२५ चैत, काठमाडौं । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ ।

गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले तीर्थयात्री तथा पर्यटकसँग अप्रत्याशित रूपले चर्को शुल्क असुल गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब गोसाइँकुण्ड पुगेका तीर्थयात्री वा पर्यटकले खानाको प्रतिछाक ५५० रुपैयाँ र सुतेको प्रतिबेड एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।

यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको ५०० र सुतेको ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको ४५० र सुतेको ८०० रुपैयाँ मूल्यदर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिइन् ।

उचाइ क्षेत्रमा सुरक्षाचौकी नभएको र होटल तथा लज सञ्चालकहरूले यात्रीहरुबाट मनोमानी ढंगले शुल्क उठाउन थालेको जनगुनासो बढेपछि व्यवस्थापकीय कार्य गराउन नियमनकारी निकाय लाङटाङ राष्ट्रिय निकुञ्जलाई स्थानीय प्रशासनले आग्रह गरेपछि नयाँ मूल्यदर निर्धारण भएको हो ।

धार्मिक मार्गअन्तर्गत धुन्चेको घट्टेखोला, खन्ती, देउराली, डिम्सासमेतका स्थानको खाने–बस्ने मूल्यदरसमेत निर्धारण गरिएको छ । निर्धारित दर निकुञ्जले प्रमाणित गरेकालाई मात्र मान्य हुने भएकाले होटलमा टाँसिएको दरअनुसार मात्र शुल्क तिर्न सम्पूर्ण यात्रीलाई आग्रह गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?