Comments Add Comment

इथियोपियामा विवादित भूमिलाई लिएर झडप, सयभन्दा बढीको मृत्यु

२५ चैत, काठमाडौं । इथियोपियामा अफार र सोमाली प्रान्तकाे विवादित भूमिकाे विषयलाई लिएर भएकाे झडपमा परी एक सयभन्दा बढीकाे मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तका बासिन्दाबीच हिंसा भड्किएको हो ।

गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले पहिला आक्रमण गरेको दाबी गरे । उक्त झडप सोमाली र अफार दुवै प्रान्तले आफ्नो दाबी गर्दै आएको भूमिमा भएको हो ।

इथियोपियाको टिग्रेमा पनि केही समयअघिदेखि सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबार पनि उक्त द्वन्द्वको क्रममा २५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । यद्यपि यो संख्या एक सयभित्रैको संख्या हो वा थप मानिसहरु मारिएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

अफार प्रान्तका अहमद कालोयटले एएपपीसँगको कुराकानीमा सोमालीको विशेष प्रहरी र लडाकूहरुले खानतलासी गर्दै स्थानीयहरुमाथि अन्धाधुन्ध गोली चलाएको बताएका छन् । यो क्रममा अफारका ३० जनाको मृत्यु भएको थियो भने कम्तीमा ५० भन्दा धेरै घाइते भएका थिए ।

इथियोपियाका दुवै प्रान्तले आफूले पहिला आक्रमण गरेको अस्वीकार गर्दै एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment