Comments Add Comment

पत्रकार महासंघ दैलेखको अध्यक्षमा थापा विजयी

२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ दैलेख शाखाको अध्यक्षमा प्रेस चौतारी (माधव नेपाल समूह)का यज्ञराज थापा विजयी भएका छन् । थापा स्वर्गीय पत्रकार डेकेन्द्र थापाका भाइ हुन् ।

थापाले ५५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी केपी समूहको चौतारीका पुरुषोत्तम थापा (पुस्कर)ले ३२ मतमात्रै ल्याए ।

यस्तै खुला उपाध्यक्षमा प्रेस युनियनका महेन्द्र सापकोटाले ५० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी चौतारीका कमल शर्माले ३७ मत ल्याए ।

महिला उपाध्यक्षमा भने ओली निकट चौतारीकी बालकुमारी बुढा ४६ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी रजनीकुमारी योगीले ४१ मत ल्याइन् ।

सचिवमा युनियनका भक्तबहादुर शाही, खुला सहसचिवमा पनि युनियनकै खेमराज वली, समावेशी सहसचिवमा माधव समूहको चौतारीका पृथ वयलकोटी र कोषाध्यक्षमा प्रेस संगठनका तीर्थबहादुर भण्डारी विजयी भएका छन् ।

अन्य सदस्यहरुमा पनि माधव समूहको चौतारी, युनियन र प्रेस संगठनका उम्मेदवार विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment