Comments Add Comment

प्रधानमन्त्रीको गृहजिल्लामा एमाले निकट प्रेस चौतारीको हार

अध्‍यक्षमा निर्वाचित एकराज गिरी

२६ चैत, बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा भएको पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेसनिकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरका संयुक्त उम्मेदवार एकराज गिरी अध्यक्षमा निर्वाचित भएका छन् । चौतारीबाट तीन सदस्य बाहेक सबै पदाधिकारीमा गिरीकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

गिरी १५५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी प्रेस चौतारीका विशाल नेम्वाङले ७४ र माधव समूहका तीर्थ सिग्देलले २६ मत ल्याए । उपाध्यक्षमा १३१ मत ल्याउँदै गिरीकै प्यानलका केशव भट्टराई निर्वाचित हुँदा प्रतिद्वन्द्वी गोपाल झापालीले ९६ र हिमालचन्द्र खरेलले २६ मत ल्याए ।

यस्तै महिला उपाध्यक्षमा १४० मत ल्याएर शुशीला संग्रौला विजयी हुँदा चौतारीकी सावित्रा दाहालले १०७ मत ल्याइन् । सचिवमा १२८ मत ल्याउँदै डिकेश लामा विजयी भए, चौतारीका उम्मेदवार सुब्रत न्यौपानेले ९९ र प्रेम आचार्यले २५ मत ल्याए । सह–सचिवमा १५५ मत ल्याउँदै राजु पाठक विजयी हुँदा चौतारीका विनोद सापकोटाले ९२ मत ल्याए ।

यसैगरी समावेशी सह–सचिवमा अर्जुन राजवंशीले १७२ मत ल्याउँदा प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याए, कोषाध्यक्षमा १३३ मत ल्याउँदै रञ्जित प्रसाईं विजयी भए, चौतारीका रमेश तिवारीले ११५ मत ल्याए ।

सदस्यतर्फ चौतारीबाट अच्युतराज सुवेदी, सुनिरा मैनाली र अनिल वाग्ले निर्वाचत भए । अन्य पदमा गिरीकै प्यानलबाट मनिषा चम्लागाई, विनोद पाण्डे, चिरन्जीवी घिमिरे, सुष्मा राजवंशी, होमप्रकाश अधिकारी, द्रोण अधिकारी, रन्जित परियार र राजन साम्पाङ निर्वाचित भए ।

केन्द्रीय परिषद् सदस्यमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment