Comments Add Comment

चीनमा एकैवर्षमा थपिए २१० अर्बपति

२६ चैत, काठमाडौं । चीनमा पछिल्लो एक वर्षमा २१० जना अर्बपति थपिएका छन् । विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार पछिल्लो एक वर्षमा चीनमा सबैभन्दा धेरै अर्बपति थपिएका हुन् ।

यससँगै चीनमा कुल अर्बपतिको संख्या ६९८ पुगेको छ । फोब्र्सको सूचीअनुसार सबैभन्दा धेरै अमेरिकामा ७२४ जना अर्बपति छन् । भारतमा १४० जना छन् ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई समयमा नै नियन्त्रण र प्रविधिसम्बन्धी कम्पनीले हासिल गरेको उल्लेख्य वृद्धिको कारण चीनमा धेरै अर्बपति थपिएका हुन् ।

त्यस्तै चीनको राजधानी सहर बेइजिङ सबैभन्दा धेरै अर्बपतिको बसोबास भएको सहर बनेको छ । यहाँ पछिल्लो एक वर्षमा ३३ अर्बपति थपिएका छन् । यससँगै बेइजिङमा अर्बपतिको संख्या एक सय पुगेको छ ।

दोस्रो धेरै अर्बपति भएको सहर अमेरिकाको न्युयोर्क हो, जहाँ ९९ जना अर्बपति छन् । न्युयोर्क सहर पछिल्लो सात वर्षयता सबैभन्दा धेरै अर्बपतिको बसोबास रहेको सहरको रुपमा रहँदै आएको थियो ।

अर्बपतिहरुको समग्र सम्पत्तिको आधारमा भने न्युयोर्क अझै पनि अगाडि छ । न्युयोर्कका अर्बपतिहरुको समग्र सम्पत्ति बेइजिङका अर्बपतिको भन्दा ८० अर्ब डलरले बढी छ ।

बेइजिङका सबैभन्दा धनी व्यक्ति टिकटकका संस्थापक तथा यसको मातृ कम्पनी बाइटडान्सका सीईओ झाङ यिमिङ हुन् । उनको सम्पत्ति गत वर्षको तुलनामा दोब्बर बढेर ३५ अर्ब ६० करोड डलर पुगेको छ । न्युयोर्कका सबैभन्दा धनी पूर्व मेयर माइकल ब्लूमवर्ग हुन् । उनीसँग ५९ अर्ब डलरको सम्पत्ति छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

म नेपाल आउँदैछु

Advertisment