Comments Add Comment

महोत्तरीमा गोली प्रहार घटनाका अभियुक्त पक्राउ

२६ चैत, जनकपुरधाम । महोत्तरीमा चैत १८ गते गोली प्रहार गरी फरार भएका बर्दिबास नगरपालिका–३ का ३० बर्षीय सन्तोष यादव पक्राउ परेका छन् ।

औरही नगरपालिका–४ मा बर्दिवास नगरपालिका–१ का रोशन कोइरालामाथि गोली प्रहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

मोटरसाइकलमा घरतर्फ गइरहेका कोइरालाको हात र काखीमा दुई गोली लागेको थियो ।

यादवलाई विशेष सूचनाको आधारमा जलेश्वर नगरपालिका–१ बाट पक्राउ गरिएको महोत्तरी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

यादवलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको सूचना अधिकारी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment