+
+
Shares

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी

रासस रासस
२०७७ चैत २७ गते १०:१२
Photo Credit : Surya Subedi/Facebook

२७ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् ।

बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मोहन पन्तले ३३७ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भए ।

खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुंगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल विजयी भएका छन् ।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् ।

देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?