Comments Add Comment

म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले एक-एक गोल गरे ।

खेलको ३१ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

अवे मेदानमा जितले युनाइटेडले घरेलु मैदानमा खेल्दा सहज हुनेछ । युनाइटेडको मैदानमा हुने दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

यस्तै बिहीबार राति नै भएको खेलमा आर्सनलले चेक रिपब्लिकको क्लब स्लाभिया प्रागसँग १-१ गोलको बराबरीमा रोकियो ।

घरेलु मैदानमा पहिले अग्रता लिए पनि आर्सनलले त्यसलाई जोगाउन सकेन । खेलको ८६ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइममा स्लाभियाका टोमस होल्सले गोल गरेपछि आर्सनल जितबाट बन्चित रहह्यो । दुई टिमबीचको दोस्रो लेग अप्रिल १६ मा हुनेछ ।

यस्तै अर्को खेलमा इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई २-१ ले हराएको छ । घरेलु मैदानमा अयाक्सले पहिले अग्रता लिए पनि कायम राख्न सकेन । डेभी क्लासेनले ३९औं मिनेटमा गोल गर्दै अयाक्सलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा डुसान टाडिकले पेनाल्टी गुमाउँदा अयाक्सले अग्रता दोब्बर पार्ने अवसर गुमायो । उनको प्रहार रोमाका गोलकिपर पाउ लोपेचले बचाए ।

रोमाका लागि ५७औं मिनेटमा लरेन्जो पेलेग्रिनीले बराबरी गोल फर्काए । ८७औं मिनेटमा रोजर इबानेजले गोल गर्दै रोमालाई जित दिलाए ।

स्पयानिस क्लब भियारियलले डिनामो जाग्रेबलाई १-० ले हराएको छ । भियारियलका लागि जेरार्ड मोरेनोले ४४औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment