Comments Add Comment
फलोअप :

सिर्सिया नदीको प्रदूषण रोक्न स्थानीय जागरुक

२७ चैत, वीरगञ्ज । सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा दबाब दिने उद्देश्यले शुक्रबार चक्काजाम गरिएको छ । वीरगञ्जको रानीघाट र रामगढवा क्षेत्रका बासिन्दाले चक्काजाम गरेका हुन् ।

रामघाट छठ समितिको आह्वानमा शुक्रबार विहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरिएको हो । उनीहरुले रानीघाट र रामगढवा जोड्ने सिर्सिया नदीको पुलमा व्यानरसहित बाटो छेकेर बसेका थिए ।

चक्काजाममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले दुईवटा व्यानर खोसेर लगेको चक्काजाममा सहभागी वृजेश्वर चौधरीले जानकारी दिए । ‘विहान ८ बजेदेखि ९ बजेसम्म रामगढवा र रानीघाट जोड्ने सिरसिया नदीको पुलमा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरेका थियौं,’ उनले भने, ‘तर प्रहरीले हस्तक्षेप गरेर व्यानर खोसेर लगिदिए । तैपनि हाम्रो उद्देश्य पूरा भयो भन्ने लागेको छ ।’

यो पनि पढ्नुहोस सिर्सिया नदी : औद्योगिक प्रदूषणको एउटा ‘केस स्टडी’

उनका अनुसार प्रहरी चौकी रानीघाट र वडा प्रहरी कार्यालय श्रीपुरले १–१ वटा ब्यानर खोसेर लगे पनि पछि फिर्ता गरेका थिए । छठ समितिका अध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मीले सिर्सिया नदी बचाउन दबाब दिने उद्देश्यले कार्यक्रम राखिएको बताए । ‘चक्काजाम शुरु गरेको आधा घण्टामा प्रहरीले आएर हस्तक्षेप ग¥यो । व्यानर नै खोसिदियो,’ उनले भने, ‘राजनीतिक आन्दोलन थिएन, भिडन्त गर्ने कुरा पनि भएन । त्यसपछि हामी घर फर्कियौं ।’

प्रदूषित सिर्सिया नदी

नदी प्रदूषणको मुद्दामा सरकार वादी हुने भएकाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी आफूहरुले गरेको उनले सुनाए ।

बढ्दो औद्योगिकरणसँगै वीरगञ्ज महानगरपालिकाको मध्यभाग भई बग्ने सिर्सिया नदी प्रदूषणको चपेटामा परेको छ । प्रदूषणका कारण साँस्कृतिक धरोहरको रुपमा रहेको सिर्सिया नदीमा जलचर लोप भएका छन् भने पानी प्रदूषित भई दुर्घन्धित पनि छ ।

वीरगञ्जमा नदी प्रदूषणमुक्त गराउनका लागि बैठक, गोष्ठी, अन्तरक्रिया धर्ना, हस्ताक्षर संकलन हुँदै आएको छ । तर नदीमा विद्यमान प्रदूषणमा कमी आउन सकेको छैन ।

प्रधानमन्त्री, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, वडा अध्यक्ष लगायत विभिन्न सरोकारवालालाई ध्यानाकर्षण गराउँदा समेत नदी सफाइमा ध्यान नदिइएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment