
२७ चैत, काठमाडौं । सप्तरीको शम्भुनाथमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
शम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० नम्बरको मोटरसाइकल र स ६ प ५२४३ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा स ६ प ५२४३ नम्बरको मोटरसाइकल चालक खडक नगरपालिका–९ सर्पाका ३५ वर्षीय मोहम्मद अनवर अलीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका अनवरको उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी घाइते भएका अन्य ४ जनाको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ । स ८ प ७३३० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4