+
+

ओलीलाई साथ दिनेहरु दास हुन् : नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १३:३१

२७ चैत, मोरङ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।

शुक्रबार विराटनगर आइपुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्‍यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘

ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ । आफहरु ओलीको दास हुन नसक्ने बताउँदै उनले संगठित भएर विरोध गर्ने जिकिर गरे ।

‘ विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौं,’ उनले भने ‘ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएका छन्, यो विधान विपरीत छ ।’

पछिल्लो समय वरिष्ठ नेता नेपाल देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?