Comments Add Comment

सिक्किममा जारी ए डिभिजन लिग क्रिकेटमा नेपाल पुलिसको शानदार जित

२७ चैत काठमाडौं । नेपाल पुलिस क्रिकेट टिमले भारतको सिक्किममा जारी खानचेन्डजोङ्गा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा शानदार जित हासिल गरेको छ ।

शुक्रबार भएको आफ्नो पहिलो खेलमा समूह ए मा रहेको पुलिसले ह्वाइट कन्च क्रिकेट क्लब (डब्लूसीसीसी)लाई १० विकेटले पराजित गरेको हो ।

पुलिसले ६३ रनको सामान्य लक्ष्य ७.४ ओभरमा बिना क्षति पूरा गर्‍यो । ओपनर सुनिल धमलाले ३० बलमा ३ चौका र १ छक्कासहित अविजित २९ रन बनाए । यस्तै अमित श्रेष्ठ १७ बलमा ४ चौकासहित २१ रनमा अविजित रहे ।

त्यसअघि सिक्किम क्रिकेट ग्राउन्ड राङ्पोमा पहिला ब्याटिङ गरेको डब्लूसीसीसी पुलिसको धारिलो बलिङ सामु टिक्न सकेन र २४.५ ओभरमा ६२ रनमा अलआउट भयो ।

विनित कुमारले ३१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २३ रन बनाए भने यावर हुसेनले १४ रन जोडे । डब्ल्यूसीसीसीका ९ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पुलिसका लागि राशिद खानले ५ ओभरमा ३ मेडन राख्दै ४ रन खर्चेर २ विकेट लिए । स्पिनर सागर ढकालले ७ ओभरमा २ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । अनिल खरेलले जम्मा ५ बल बलिङ गर्दै ६ रन खर्चेर २ विकेट हात पारे । योगेन्द्रसिंह कार्की र गुलसन झाले १–१ विकेट लिए ।

पुलिसले दोस्रो खेलमा शनिबार रोयल नर्थन ब्रदर्शसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment