+
+

सिंगटी हाइड्रोको आईपीओ दुई लाख ६९ हजार ७ सयले पाए

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १४:२९

२७ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारे ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन् ।

कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण छ ।

आईपीओको नतिजा मेरोशेयर, सिडीएसले आईपीओ नतिजाको लागि तयार पारेको नयाँ वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?