+
+
Shares

‘इसेवाको कारोबार, सुनै सुनको बहार’ योजनाका विजेताले पाए पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २७ गते १९:२६

२७ चैत, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरी सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरेका हुन् ।

इसेवाका अनुसार यस योजनामा ५ जनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाइल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट जित्न सफल भएका छन् ।

इसेवामा आवद्ध भई कारोबार गरिरहेका सम्पूर्ण एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुन सम्म जित्न सकिने बम्पर अफर गत फागुन १, २०७६ देखी चैत्र ३०, २०७७ कार्तिक १५ देखी माघ ३० सम्म उपहार योजना सञ्चालन गरेको थियो । जसमा करिब १ लाख भन्दा बढी इसेवा एजेन्टहरुले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?