Comments Add Comment

सामसुङले ल्यायो गज्जबको एप, जसले आइफोनलाई ग्यालेक्सी फोनमा परिवर्तन गरिदिन्छ

स्मार्टफोन प्रयोगकर्ताहरुका लागि एप्पलको आइफोन र सामसुङको ग्यालेक्सी फोनमध्ये रोज्न लगाइयो भने अधिकांसले आइफोन नै रोज्लान् ।

आइफोन छाडेर ग्यालेक्सी फोन चलाउने मानिसहरु कमै होलान् । तर यहीँ यथार्थका बाबजुत सामसुङले एउटा यस्तो एप ल्याएको छ जसले आइफोनलाई ग्यालेक्सी फोनमा परिणत गर्नेछ ।

सामसुङका अनुसार यो एपको प्रयोगबाट फोन परिवर्तन नगरिकनै आइफोन प्रयोगकर्ताले सामसुङको थोरै भए पनि स्वाद लिन पाउनेछन् । सामसुङले भनेको छ- हामीले सबै फिचरहरु जस्ताको तस्तै ल्याउन त सक्दैनौँ तर तपाइँले देख्नुहुनेछ कि एकबाट अर्कोमा परिवर्तन गर्न खासै गाह्रो हुनेछैन ।

iTest नामक उक्त एपले कुनै पनि आइफोनमा एन्ड्रोइड, खासगरी सामसुङ ग्यालेक्सी फोनमा जस्तै फिचरको अनुभव दिलाउँदछ । यो एउटा वेब एप हो ।

जब आइफोनमा आइटेस्ट वेबसाइट लगअन गरिन्छ तब आइफोनको होमस्त्रिmनमा एक आइकन थप गर्ने सन्देश प्राप्त हुन्छ । आइफोनको होम स्क्रिनमा आइटेष्ट आइकन राखेसँगै त्यो अन्य एपजस्तै खुल्दछ र जसले आइफोनमा एन्ड्रोइडको जस्तै इन्टरफेसका साथै ग्यालेक्सी फोन चलाउँदाको जस्तो अनुभव प्रदान गर्दछ ।

साथै त्यहाँ एयउगबिच बउउक नामक फोल्डर पनि हुन्छ । उक्त फोल्डर खोल्दा थप नयाँ सन्देश देखिन्छ । जसमा लेखिएको हुन्छ- चिन्ता नलिनुस्, यहाँ तपाईंलाई मन पर्ने सबै एपहरु उपलब्ध छन् । किनकि इमान्दारितापूर्वक भन्नुपर्दा तीमध्ये अधिकांस गुगलका प्रडक्ट हुन् र हामी उनीहरुका असल मित्र हौँ ।

सामसुङका लागि यो एप निकै फलदायी हुने देखिन्छ । किनकि आइफोनमै यो एपबाट सामसुङ ग्यालेक्सीका केही फिचरहरु प्रयोग गर्न पाइन्छ । वेब मार्फत् नै ग्यालेक्सी स्टोरमा गएर थिम चेन्ज गर्नेदेखि सामसुङको क्यामरा एपको समेत अनुभव गर्न पाइनछ।

सामसुङको यो नयाँ वेब एप हाल न्युजिल्याण्डबाट परीक्षणको रुपमा रहेको बताइएको छ । तर संसारका सबै आइफोन प्रयोगकर्ताले यो एप हाल प्रयोग गर्न पाउँदछन् ।

यो वास्तवमा गज्जबको एप हो, जसले आइफोनमै एन्ड्रोइडको स्वाद प्रदान गर्दछ । आइफोनमा एन्ड्रोइडको मज्जा लिनु छ भने यो एप खोल्न सकिन्छ । तर यदि आइफोनमै फर्किन छ भने एप बन्द गरे पुग्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment